मोटरसाईकल दुर्घटनामा दुई युवाको मृत्यु

कपिलवस्तु माघ १४ ।  मोटरसाइकल दुर्घटनामा हुदा कपिलवस्तुमा दुई जनाको ज्यान गएको छ ।

जिल्लाको कृष्ण्ँनगर चन्दौटा सडक खण्डको बहादुरगंज ७ मा मोटरसाइकल दुर्घटना हुदा स्थानीय केतारनाथ चौधरी र वितु पासीको ज्यान गएको प्रहरीले
जनाएको छ ।

 चौधरी र पासी सवार लु १४ प ११३१ नम्बरको मोटरसाइकल उखु लोड गरेको बैलगाडासूग सोमवार साझा ठोक्कीएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारको लागि बुटवल लैजादै गर्दा र अर्का घाईते पासीको उपचारका क्रममा अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले
जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।