नेकपाकै नेताको नयाँबानेश्वरमा शंकास्पद मृत्यु

काठमाडौं । राजधानी काठमाडौंमा सत्तारुढ नेपाल कम्युनिष्टपार्टी नेकपाका नेता हरिदेव गिरीको शंकास्पद हुनेगरी मृत्यु भएको छ ।
काभ्रे घर भएका गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको बताइएको छ । गिरीको मृत्युको कारण खुलेको छैन । मंगलबार राति १० बजे रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले राति १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गिरीले मदिरासमेत सेवन गरेको पाइएको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।