काठमाडौं । जबरजस्ती करणी कसूरमा एक युवतीले पूर्व डिएसपी राजकुमार खिउजु र घटनालाई मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको भन्दै पत्रकर राजु बस्नेतविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
ललितपुर महांकालकी एक २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् । प्रहरी स्रोतक अनुसार बुधबार साँझ ५ बजे पीडित युवती ललितपुर प्रहरीमा पुगेकी थिइन् । प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो ।
प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितले दाबी गर्दै आएकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।