कसैलाई काखा कसैलाई पाखा गरेको भन्दै कांग्रेसद्धारा संसद बैठक अवरोध

काठमाडौं । नेपाली कांग्रेसले आज बसेको संसद बैठक अवरोध गरेको छ । बालुवाटार जग्गा प्रकरणमा पार्टी उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि नेपाली कांग्रेसले संसद बैठक अवरोध गरेको हो ।
नेपाली कांग्रेसकी सचेतक पुष्षा भुसालले अख्तियारले कसैलाई काखा कसैलाई पाखा गरी अन्यायपूर्ण तरिकाले फसाइएको बताइन् । उनले सरकारका सचिवहरुपनि कसैविरुद्ध मुद्धा चलाइएको र कसैविरुद्ध नचलाइएको भन्दै आपत्ति जनाइन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।