असोज १२ । पाकिस्तानको दक्षिण पश्चिम इलाकामा फेरी भुकम्प गएको छ । भुकम्म ६. ८ को रेक्टर स्केलको रहेको जिओलजिकल सर्भेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पछिल्लो झड्काको क्षतिको बिवरण अहिले सम्म केही आएको छैन।
भूकम्प कराँचीबाट २ सय ५० किलोमिटर उत्तरमा गएको बताइएको छ । भूकम्पले बलोचिस्तान र सिन्ध प्रान्तमा असर पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ७ .२ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
पाकिस्तानमा यही २४ सेक्टेम्बर मा ७ .७ रेक्टरको भुक्मपले ४०० जनाको ज्यान गएको थियो ।



