असोज १२ । पाकिस्तानको  दक्षिण पश्चिम इलाकामा  फेरी  भुकम्प  गएको छ । भुकम्म ६. ८ को रेक्टर स्केलको  रहेको जिओलजिकल सर्भेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पछिल्लो  झड्काको क्षतिको बिवरण अहिले सम्म केही आएको छैन।

भूकम्प कराँचीबाट २ सय ५० किलोमिटर उत्तरमा  गएको बताइएको छ । भूकम्पले बलोचिस्तान र सिन्ध प्रान्तमा असर पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ७ .२ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

 पाकिस्तानमा यही २४ सेक्टेम्बर मा ७ .७  रेक्टरको  भुक्मपले ४०० जनाको ज्यान  गएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।