सनिउल्लाह  धोबी / कपिलबस्तु 
 असोज १२ । प्रसस्तै  आम्दानी हुने भए पछि कपिलवस्तुका कृषकहरु केराखेती तर्फ आकर्षित भएका छन् ।
बजारमा केराको माग अत्यधिक भएको र उचित मूल्य पाए पछि कपिलवस्तुका सय बढी कृषकहरु केरा खेती तर्फ लागेका छन् ।
उत्पादीत केराबाट बार्षिक लाखौ रुपैयाभन्दा बढी आमदानी  हुने भएकोले र जीवन निर्वाहकोभरपर्दो खेती भएको किसानहरु यस तर्फ आकर्षित भएका  बताएका छन् ।
कृषि कार्यालय कपिलबस्तु  अनुसार जिल्लाका आधा दर्जन गाबिस लाई केरा खेतीका लागि पकेट क्षेत्र घोषणा गरीएको छ । जिल्लामा १ सय ६० हेक्टर क्षेत्रफलमालागाईएको केरा खेतीबाट २४ सय २५ मेट्रिक टन केरा उत्पादन हुने गर्दछ । अहिले कपिलबस्तुमा  हरिछाल, रोवास्टा, झापाली, मालभोग जातका केरा लगाउने गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।