असोज १२ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशले लाजिम्पाटस्थित निवासमा लोकल कुखुरा पाल्न थालेको सौर्य दैनिकमा खबर छ ।
उनले दुई महिनाअघि काभ्रेको नमोबुद्धबाट चारवटा कुखुरा ल्याएका रहेछन् । तीनवटा लोकल कुखुराले चल्ला कोरलेर २१ वटा पुर्याएको उनी बताए । ‘तीनवटा पोथी र एउटा भाले ल्याएको थिए,’ उनले भने, ‘त्यसले १८ वटा चल्ला कोरल्यो । अहिले २१ वटा रहेको बताए।
आफूलाई लोकल कुखुरा खुबै मन पर्ने भएकाले कुखुरापालनमा लागेको प्रकाशको भनाइ छ ।
नयाँबजारबाट लाजिम्पाट सरेपछि हामीले हरियो तरकारी किनेर खानुपरेको छैन,’ उनी भन्छन्, करेसाबारीमा फलेको तरकारी बुबा, उहाँको सचिवालयका साथै सुरक्षाकर्मीको भान्छामा समेत पठाउने गरेको छु ।
करेसाबारीमा करेला, घिरौँला, लौका, कर्कलो, रामतोरिया तथा साग रोपेका छन् ।