चैत्र २ – चुनावी सरकारलाई सहयोग गर्न भन्दै महान्यायाधिवक्ता मुक्ति प्रधानले राजीनामा दिएका छन् ।

आज उनले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर भोलिदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।
डा। बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि प्रधान २०६८ भदौ २३ गते उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

महान्यायाधिवक्तालाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिने गरिन्छ । नेपाल सरकार वादी हुने कुनै पनि मुद्धा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तामै रहेको हुन्छ ।

यसमा मुक्ति प्रधानले आफ्नो कार्यकालमा पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तको अनुसन्धान शान्ति प्रक्रिया तथा बृहत शान्ति सम्झौता विपरित भएको भन्दै रोक्न निर्देशन दिएपछि विवादमा समेत आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।