माघ २४ – एकीकृत नेकपा माओवादीको हेटौंडामा जारी सातौं महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि बनाइएको टहरा हावाले उडाएपछि बन्द सत्र नै स्थगित हुन पुगेको छ ।
बन्दसत्रका निम्ति बनाइएको हल आज हावाले उडाएपछि बन्द सत्र प्रभावित हो ।
प्रतिनिधि र कार्यकर्ताले खाना खाने समयमा हावाले उडाएको हललाई निर्माण गर्ने काम भईरहेको बताइएको छ ।
४२ सय भन्दा बढी प्रतिनिधी तथा पर्यवेक्षक अट्ने गरी बनाइएको हल हावाले उडाएको हो ।




