भदौ २७ – लिवियामा अमेरिकी राजदूतसहित अन्य तीन जना दूताबासका अधिकारी मारिएपछि विश्वभर अमेरिकी नियोगमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

अमेरिकाद्धारा निर्मित एक चलचित्रमा इस्लामिक धर्मगुरुलाई अपमान गरेको आरोपमा लिबियामा रहेको अमेरिकी दूतावासमा आक्रमण हुदाँ राजदूत क्रिस्टोफर स्टेभन्ससहित ती अधिकारीहरुको ज्यान गएको हो ।

उक्त घटनाको ह्वाइट हाउसले एक प्रेस विज्ञप्ति निकालेर पुष्टि गरेको छ । विज्ञप्तिमार्फत राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएका छन् ।

लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमणपछि भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट प्रहार भएको र त्यही उनको उनीहरुको मृत्यु भएको बताइएको छ ।

यसअघि मङ्गलबार राति भएको यस आक्रमणमा राजदूताबासको एक कर्मचारीको मृत्यु भएको अमेरिकी बिदेश मन्त्री हेल्लारी क्लिन्टनले पुष्टि गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।