असार २७ – नेपाल बन्द सधैका लागि बन्द गर्न कानून बनाउन माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

पटक पटकको नेपाल बन्दले देशको आर्थिक विकासमा बाधा पुगेको र दैनिक जीवन यापनमा समेत अप्ठ्यारो हुँदा पनि त्यसलाई कम गर्न सरकारले कुनै कानून नबनाएको भन्दै रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता भोजबहादुर केसी लगायतले प्रधानमन्त्री र मन्त्रीपरिषद् कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा अध्यादेश मार्फत भएपनि नेपाल बन्द रोक्न कानून बनाउन माग गरिएको छ ।

रिटमा गत वर्ष २ सय २८ वटा समूहले १ सय २७ पटक नेपाल बन्द गरेको दृष्टिान्त दिँदै जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील विषयमा कानून नबनाइ सरकारले गैरजिम्मेवारीपन देखाएको उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।