हुन त सुरक्षाका लागि लागि हो कि चर्चाका लागि हो यसै भन्न सकिदैन । सुरक्षाकै लागि हो भने ब्रा मै चाँही किन फेरि यस्तो ।
कुरो के भएछ भने अब महिलाहरुले छातिमा लगाउने ब्रामा पेस्तोल समेत हुने भएको छ ।
बेलायतमा महिलाहरुको सुरक्षाको लागि भन्दै ब्रा भित्रै पेस्तोल राख्न सकिने खोजि तयार गरिएको हो ।
यसअघि जापानमा पंखा र पानीको सुविधा रहेको ब्रा उत्पादन भएको खबर सेलाउन नपाउँदै ब्रामा पेस्तोल राख्न सकिने गोजिको चर्चा बढेको हो ।
महिलालाई आफ्नो वक्षस्थल शीतल पार्नका लागि भन्दै यसअघि ब्रामा पंखा र पानीको सुविधा प्रदान गरिएको भनियो थियो ।
पेस्तोल राख्न मिल्ने ब्रा |
अनि सुरक्षाका लागि भन्दै पेस्तोल राख्न मिल्ने भनिएको उक्त ब्रा मा भने थर्मोप्लास्टिकको एउटा खोल राखिएको छ, त्यसमा महिलाहरुले जुनसुकै डिजाइनको रिभल्भर राख्न सक्नेछन् ।
उक्त ब्राको डिजाइन गर्ने डिजाइनर लीजा लूपरले महिलाहरुको सुरक्षालाई ध्यान दिँदै आफुले त्यस्तो ब्रा डिजाइन गरेको बताएकी छन् ।
अब विदेशका महिलाहरुले चाँही ब्रा मा पंखा पानी अनि पेस्तोलसहितका सुविधा प्रदान गर्ने भए तर नेपाली महिलाहरु पनि के कम सोही ब्रामा पैसा लुकाएर त हिड्ने गरेका छन् नि कि कसो हजुर ।