जेठ २७ – गोरखा जिल्लामा आफ्नै घरमा सुतिरहेको अवस्थामा कांग्रेसी युवाहरुले एक स्थानीयमाथि खुकुरी हानेका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नं. ३ स्थित मसेल गाउँ विकास समिति वडा नं ४ मा राति आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपाली काँगे्रस समर्थक स्थानीय युवाहरु नारायण पाण्डे र पूर्ण बहादुर गुरुङ नेतृत्वको टोलीले स्थानीय अशोक बस्तीमाथि खुकुरी हानेका हुन् ।
घटनाको नेपाली काँग्रेस गोरखाले जिम्मा लिएको छ । नेपाली काँग्रेस गोरखाका उप–सभापति मोहनप्रसाद पोखरेलले आफूहरु लोकतन्त्रको रक्षाको लागि जुनसुकै आन्दोलन गर्न तयार रहेको भन्दै वस्तीलाई सुधार गर्नका लागि खुकुरी हानेको बताएका छन् ।
खुकुरी प्रहारबाट घाइते वस्तीको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
एक दिनअघि मात्रै सोही ठाउँमा माओवादी नेता गोपाल बराइलीलाई पाँचजनाको समूहले कुटपिट गरी घाइते बनाएको थियो ।
Comments