नाइजेरियामा एक हवाईजहाज दुर्घटना हुँदा १ सय ५० को मृत्यु भएको छ । नाइजेरियाको मुख्य शहर लागोसमा यात्रुवाहक जहाज दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

 राजधानी अबुजाबाट लागोसका लागि उडेको दाना एयरको हवाईजहाज बाक्लो बस्ती भएको स्थानमा भवनहरुमा ठोक्किएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सो जहाज लागोसमा अवतरणको क्रममा  बस्तीमा ठोक्किन पुगेको थियो । बस्तीमा ठोकिएसागै विमानमा आगो लागेको थियो ।

नाइजेरियन नागरिक उड्यन प्राधिकरणले जहाजमा यात्रा गरिरहेका कसैलाई पनि जिवित नभेटिएको जनाएको छ ।

दुर्घटना पछि राष्ट्रपति गुडलक जोनाथनले नाईजेरियामा तीन दिने शोक घोषणा गरेका छन् ।
भिडियो हेर्नुहोस :

Video after crash Lagos Plane Dana Air in Nigeria boeing MD-83

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।