पछिल्लो सयम नेपाली चलचित्र अलि छाडापनको बाटोमा लागेको प्रष्टै बुझ्न सकिन्छ । लुटमा सुस्मा कार्कीले केही हट आइटम डान्स गरिन् तर त्यो समाजमा पच्य नै थियो । लुटले राम्रैसँग दर्शकलाई लुट्न सफल भएसँगै चपली हाइटमा बिनिताले आफ्नो उदांगता गरिन् । त्यसले पनि राम्रै फाइदो लिएपछि नेपाली चलचित्र जगत फाइदो रहेछ भन्दै एक्कासी नांगिन पुगेको छ ।

आजसम्म आउँदा यतिसमम नांगियो सम्बन्धित फिल्मका प्रोडक्शन कन्ट्रोलर समेत नांगिएको दृश्य देखेर ढलेको समाचारहरु आउन थालेका छन् ।

कुरो लुट फिल्मकै उध्रेको चोलि गीतबाट आइटम डान्स हान्दै अघि बढेकी नायिका सुष्मा कार्कीको बेड सिनको हो ।

उनले कस्तो दृश्य दिइन हामीले पनि देखेको भने छैनौँ तर उनको हट सिन हेरिरहेका चलचित्र विन्दासका प्रोडक्शन कन्ट्रोलर हरि कार्की बेहोस भएको समाचारहरु आएका छन् ।

बिन्दास चलचित्रका निर्देशक राजु गिरीका अनुसार, उनी वेहोस भएको कारण तत्काल नखुलेपनि पछि उनले आफुले सुष्मालाई हेर्दा हेर्दै वेहोस भएको गिरीलाई बताएको बताइन्छ ।

३ लाख पारिश्रमिक हात पारेपछि सुस्मा नांगिन तयार भएकी थिइन् । कथाले मागे अनुसारको दृश्य आफुले खिच्ने बताएका निर्देशक गिरीले पनि यो सिनेमामा नायिका कार्कीको जवानीलाई मज्जैले सदुपयोग गरे जस्तो छ ।
तर निर्माता निर्देशकहरुलाई प्रश्न पनि उठ्न सक्छ । चलचित्र भनेको पनि सञ्चारको माध्यम नै हो । त्यसैले शिक्षा दिने, सुचना दिने, अभिप्रेरणा प्रदान गर्ने तथा मनोरञ्जन प्रदान गर्ने काम छाडेर यस्ता दृश्य चलचत्रिमा देखाउँदा सारा चलचित्र जगत भोलि कुन बाटोमा हिड्ने हो ? यो पनि ख्याल गर्ने कि ??

मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा नायिका कार्कीको जवानी स्वीमिङ पुलदेखि वेड रुमसम्म देख्न सकिने जनाइएको छ । तर त्यहाँसम्म नपुग्दैका यस्ता दृश्यहरु बाहिर आएका छन् । विभिन्न अनलाइनबाट लिएको सोही फिल्मका केही दृश्यहरु यस्ता समेत छन् :-

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।