गजल

घुम्दै छ कि तिम्रो सामु शान्ति कतै खोजी हेर !
फर्कन्छ कि परिस्थिती बुद्ध मार्ग रोजी हेर !!

कोही छैनन् साना यहाँ सबै ठुला सबै साँढे !
त्यै साँढे नै देश भक्त तिन्ले भरे गोजी हेर !!

सबैलाई राम्रो बाटो देखाए त सुध्रिन्थे की !
दिन दाडै सडक् बन्द गरी हिंड्ने फौजी हेर !!

बोल्नै गाह्रो मान्छिन् उनी हुल्याहरु जिस्काउछन् !
हाँसे जस्तो लजाउदै कती रैछिन् सोझी हेर !!

    किरण थाङ्नेकान्छा
   आबुधाबी यू ए ई
 पाँचथरफेसबुकबाट

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।