सेक्स गर्नका कारणहरु आ–आफ्नै होलान् । कहिल्यै नगरेको मान्छेले सेक्स अनुभवका लागि गर्ला । कस्तो चाँही हुँदोरहेछ त नि भनेर । कसैले मज्जाका लागि गर्लान । कसैले त बानी भईसकेकाले पनि गर्लान् । तल जस्तै । जे होस मानिसहरु सेक्स मज्जा लिनकै लागि गर्छन भनौँ अहिले चाँही ।

अनि तपाईलाई थाहा छ कि छैन सेक्स गर्दा फाइदा पनि हुन्छ भनेर । हो तपाईले सेक्सलाई खुसी तथा केही क्षणिक सुखको लागि मात्रै सेक्स गरिन्छ भन्ने सोच्नु भएको छ भने त्यो गलत हुनेछ । सेक्स गर्दा हुने जुन फाइदाहरु चाँही तल पढ्नुहोस ।

१. सेक्सले पार्छ हृदय रोग चट्
भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक
सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने
भन्दा कम देखिएको छ।
२. रोगप्रतिरोग क्षमता बढाउँछ
सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
३.तनाव गर्दछ कम
नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।
४.आयु बढ्दछ
सेक्समा सन्तुष्टी प्राप्त गरेपछि
डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको
प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग
गर्दछ।
५. रक्त सञ्चार राम्रो बनाउँदछ
सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ।.
साथसाथै,
६. निद्रा लाग्दछ 
७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ
८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ
९.दुखाइ पनि कम गर्दछ
         तर ख्याल गर्नुहोस जथाभावी सेक्स गर्नुभयो भने एचआईभी एड्सको सिकार पनि बन्न सक्नुहुनेछ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।