 |
| यही फोटोलाई अन्जु पन्तको नाममा प्रचार गरिएको थियो । |
सोसियल मिडिया फेसबुक, ट्टिवर लगायत केही अनलाइनहरुमा समेत हिजोदेखि एक्कासी रुपमा गायिका अन्जु पन्त जस्तै देखिने तर निर्वस्त्र अनि एक पुरुषसँग बेडमा किस गर्दै गरेको अवस्थाको एक फोटोले निक्कै चर्चा पाएको छ ।
सो फोटोलाई यतिबेलासम्म सयौँले सेयर गरेका छन् । हजारौँले कमेन्ट गरेका छन् भने मन परेर या नपरेर नै भएपनि लाखौँले भिन्नभिन्नैको वाल÷पेजमा लाइक गरेका छन् ।
धेरैले सो फोटोलाई अन्जु पन्त नै भनेर तोकेका छन् लेखेका छन् भने कमेन्टमा पनि सोही अनुसारले लेखिएका छन् । या की सकरात्मक भन्दा पनि नकरात्मक तरिकाले अन्जु पन्तको चरित्र हत्या हुने तरिकाबाट समेत ।
तर त्यो फोटो भने अन्जु पन्तको होइन । त्यो फोटो त भारतीय अनलाइनबाट निकालिएको हो । तर झट्टै हेर्दा भने फोटोमा देखिने महिला अन्जु पन्त जस्तै छिन् । अझ तस्विरमा देखिएको नाकको नत्थी र हातमा लगाइएको औंठी अन्जु पन्तसँग मिलेपछि धेरैले फोटो गायिका अन्जु पन्तकै हो भनेका थिए ।
सो फोटोलाई कसैले भारतीय एक साइटबाट फेसबुकमा सेयर गरेपछि अन्जु पन्तको हो भन्दै हल्ला चलाइएको हो । अझ हल्ला चलाउनेहरुमा पत्रकारहरु समेत सत्यताको पछाडी नलागी दगुरेका थिए । पत्रकारहरुको पंक्ति नै फोटो सेयर गर्न अगाडी देखिन्थ्यो ।
तर यो फोटोसँगै सो भारतीय साइटमा अश्लिलै अश्लिल तस्बीरहरुको बाढी पाउन सकिन्छ । जहाँ नेपालीहरुको तस्बीर पाउन मुस्किल नै पर्छ ।
प्रविधिको युगमा अहिलेको जमानामा फोटोशप, इनडिजाइन लगायत सफ्टवेयरबाट कसैको चरित्र हत्या गर्न पनि त्यसरी गर्न सकिने भएपनि सो फोटो भने यहाँबाट लिएको हो ।
 |
| अन्जु पन्त |
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
The rumor is bitter joking to dis-fame any personality.Modern technology shouldn't be made the weapon like this way.