उनीहरूले ती तत्त्वलाई ‘डार्क-ट्राइड’ नाम दिएका छन् । ती तीन तत्व न्यार्सिसिज्म, म्याकियाभेलिनिज्म, साइकोप्याथी हुन्। यस्ता तत्त्व भएका खराब केटा जसरी पनि महिलालाई फसाउन लागिपर्ने स्वभावका हुन्छन्। खराब केटामा रहने तीन तत्वलाई नेपालीकरण गर्दा न्यार्सिसिस्टिक पर्सनालिटीले कम सहानुभूति भएको अंहकारी र पूर्ण स्वार्थी भएको अर्थ दिन्छ, त्यस्तै म्याकियाभे लियन पर्सनालिटीले धुर्त, शोषक, ढाँट्नमा अब्बललाई प्रतिनिधित्व गर्छन् ।
यसबाहेक द साइकोप्याथ पर्सनालिटी अर्थात् एन्टि सोसियल पसर् नालिटीले परिणामको ख्याल नगरी आवेशमा आएर गलत बाटो अख्तियार गर्ने, सतही आकर्षणमा रोमाञ्चको मज्जा लिन खोज्ने स्वभाव जनाउँछ।
पश्चिमाहरूले यी तीन तत्त्व सामेल भएको राम्रो प्रतिनिधि पात्रका रूपमा जेम्स बन्डको उदाहरण दिएका छन्। जेम्स बन्ड संवेदनशील पुरुष होइनन्, तर उनले सधैं राम्री युवती फेला पार्छन्। यी तत्त्व भएका युवाहरूलाई युवतीहरू जिस्किने, ठट्यौली मन पराउने युवकका रूपमा हेछर् न र उसको कुरा सुनेर रमाउँछन् । युवतीहरू त्यस्ता युवकलाई आत्मविश्वासी मान्छन् र लहसिन्छन् । युवतीहरूलाई यस्ता युवक ढुसी हुन्, जसले आफ्नो विष युवतीहरूलाई सारिरहेका छन् भन्ने थाहा हुँदैन, जतिबेला उनीहरूले यो वास्तविकता बुझ्छन, समय हुइँकिसकेको हुन्छ ।
इलिनोइसस्थित ब्राड्ली युनिभर्सिटीका डेभिड स्मिथले भर्खरै क्योटोमा सम्पन्न मानव व्यवहार र समाज विकाससम्बन्धी सम्मेलनमा यो विषयमा आफ्नो अध्ययन पेस गरेका थिए। उनले खराब युवक आकर्षणको प्रवृत्ति पश्चिमा समाजमा मात्र सीमित नभएर विभिन्न मुलुक र संस्कृतिमा देखा परिसकेको बताएका छन्। खराब युवक आकर्षण भाइरस जसरी फैलिइरहेको छ । सौजन्य: साप्ताहिक
1