फेरि अलिकति घट्यो लोडसेडिङ With New Loadshedding Schedule

The state power utility, Nepal Electricity Authority (NEA), on Saturday
decided to reduce the power cuts duration by six hours a week effective
from Monday (March 5).
विद्युत चोरी हुने स्थानमा भने थप लोडसेडिङ गरिने जनाउँदै नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी हप्तमा ६ घण्टा लोडसेडिङ घटाएर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

लोडसेडिङको चरम मार खप्दै आउनु परेको अवस्थामा सोमबारदेखि भने पुनः थोरै भएपनि राहत मिल्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ सातामा ६ घण्टा घटाउने भएको हो ।  यो सँगै अब सातामा लोडसेडिङको समय ६२ घण्टामा झर्ने भएको छ ।

विद्युत प्राधिकरण भारप्रेशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माका अनुसार कुलेखानीमा पानी जम्मा भएको र चुहावाट नियन्त्रणका कारण लोडसेडिङ घट्न लागेको हो । 

तर विद्युत चोरी हुने स्थानमा भने अझै थप लोडसेडिङ गरिने प्राधिकरणले जनाएको छ ।

                                                New Load shedding Schedule


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 2 COMMENTS

    1. हुकिङ गरेर बिजुली चोर्नेले दैनिक एक-दुई युनिट चोर्छ।त्यसलाई अपराध मानेर पक्राउ परे जरिवाना तिराइन्छ ।यो रामम्रो कुरा हो तर विद्युतका हाकिमहरु त मेगावाट चोर्दा रहेछन् ।उदाहरणका लागि विराटनगरको भृकुटीचौक फिडर एरियामा विद्युतका हाकिम र पहुँचवाला अधिकृतका आवाश पर्छन् भने रानी फिडर एरियामा सर्वसाधारण उपभोक्ताका मात्र घर छन् ।रानी फिडरमा प्रायः घोषित समयभन्दा अघि बत्ती जान्छ र तोकिएको समयमा सायदै बत्ती आउँछ ।अर्को फिडरमा भने बल्नुपर्ने बेलामा त बल्छ नै काटिने समयमा पनि विरलै काटिन्छ ।हुँदो रहेछ के भने दुहुबीबाटै भाग्यमानीहरुको फिडरमा बढी र अभागी रानी फिडरमा कम सप्लाई गरेर प्राविधिक चोरीको व्यवस्था मिलाइँदो रहेछ ।
      यो पक्षपात कायम रहे जनस्तरबाटै हाकिमको एरियामा ब्याकआउट गराने व्यवस्था गरिने चेतावनी दिएकाछौं

    2. हुकिङ गरेर बिजुली चोर्नेले दैनिक एक-दुई युनिट चोर्छ।त्यसलाई अपराध मानेर पक्राउ परे जरिवाना तिराइन्छ ।यो रामम्रो कुरा हो तर विद्युतका हाकिमहरु त मेगावाट चोर्दा रहेछन् ।उदाहरणका लागि विराटनगरको भृकुटीचौक फिडर एरियामा विद्युतका हाकिम र पहुँचवाला अधिकृतका आवाश पर्छन् भने रानी फिडर एरियामा सर्वसाधारण उपभोक्ताका मात्र घर छन् ।रानी फिडरमा प्रायः घोषित समयभन्दा अघि बत्ती जान्छ र तोकिएको समयमा सायदै बत्ती आउँछ ।अर्को फिडरमा भने बल्नुपर्ने बेलामा त बल्छ नै काटिने समयमा पनि विरलै काटिन्छ ।हुँदो रहेछ के भने दुहुबीबाटै भाग्यमानीहरुको फिडरमा बढी र अभागी रानी फिडरमा कम सप्लाई गरेर प्राविधिक चोरीको व्यवस्था मिलाइँदो रहेछ ।
      यो पक्षपात कायम रहे जनस्तरबाटै हाकिमको एरियामा ब्याकआउट गराने व्यवस्था गरिने चेतावनी दिएकाछौं

    Comments are closed.