The state power utility, Nepal Electricity Authority (NEA), on Saturday
decided to reduce the power cuts duration by six hours a week effective
from Monday (March 5).
विद्युत चोरी हुने स्थानमा भने थप लोडसेडिङ गरिने जनाउँदै नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी हप्तमा ६ घण्टा लोडसेडिङ घटाएर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

लोडसेडिङको चरम मार खप्दै आउनु परेको अवस्थामा सोमबारदेखि भने पुनः थोरै भएपनि राहत मिल्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ सातामा ६ घण्टा घटाउने भएको हो ।  यो सँगै अब सातामा लोडसेडिङको समय ६२ घण्टामा झर्ने भएको छ ।

विद्युत प्राधिकरण भारप्रेशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माका अनुसार कुलेखानीमा पानी जम्मा भएको र चुहावाट नियन्त्रणका कारण लोडसेडिङ घट्न लागेको हो । 

तर विद्युत चोरी हुने स्थानमा भने अझै थप लोडसेडिङ गरिने प्राधिकरणले जनाएको छ ।

                                                New Load shedding Schedule

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।