नायिकाहरु मध्ये पनि शिक्षित नायिकाको उपमासहित चिनिने निशा अधिकारीले भने अशिक्षित झै व्यवहार गरेर उपद्रो मच्चाएकी छिन् ।
राजधानीका केही हलहरुमा चलचित्र लुटले ५१ औँ दिन मनाउ सफल भएको र निक्कै चर्चा र खर्च समेत बटुलेको उपलक्ष्यमा आयोजित खुसीयाली एक कार्यक्रममा भने पत्रकार अनुप भट्टराईले नायिका निशा अधिकारीको तस्वीर खिचिरहेका बेला टेलिभिजन कार्यक्रम प्रस्तोता सहाना बज्राचार्यसहित निशाले क्यामेरा खोसेर दुव्र्यवहार गरेपछि उनको उपद्रोपना बाहिर आएको हो ।
। ढल्कयो ढल्क्यो भन्ने सुपरहिट गितमा जमेको यो जोडीलाई संगै देखेपछि मेरो क्यामेरा त्यतैतर्फ मोडियो । पहिलो स्न्याप्स हान्दा निशाबाट खासै प्रतिक्रिया आएन तर अर्को एंगलमा दोस्रो स्न्याप्स क्लिक गर्ने बेलामा निशा एक्कासी बाघले झम्टिएझै मेरो क्यामेरा खोसिन् र भनिन्-‘ तपाईलाई मेरो फोटो खिच्ने कुनै अधिकार छैन ।’ उनले त्यस किमिसमको ब्यबहार देखाउदा उनीसंगै फोटो पोजमा रहेका अभिनेता बिराज भट्ट स्तब्ध मात्र भएनन् छेउमै रहेकी कोरियोग्राफर रेनाशा राई, उनीहरूको पछिल्लो पङिक्तमा रहेका सिने जर्नलिष्ट दिनेश सिटौला र अग्रपङिक्तमा रहेका अभिनेता आर्यन सिग्देल र निर्देशक दिनेश राउत पनि निशाको उक्त ब्यबहारबाट अचम्मित भएका थिए । घटनापछि पत्रकार भट्टराईले एक अनलाइनमा लेखेका छन् ।
उनले सो अनलाइनमा उल्लेख गरेका छन निशाले फोटो खिच्ने अधिकार छैन भन्ने उनको गर्जनमा मेरो प्रश्न झर्यो ‘तपाई सेलिब्रेटी हुनुहुन्छ सार्वजनिक कार्यक्रममा यस्तो भन्न सुहाउँछ ?
जे होस त्यो घटनाले कार्यक्रमभ बिथोलिन पुगेको थियो । पछि निशालाई माफी मगाइयो पत्रकाहरुको आपत्तिपछि, तर फेरि उनले उल्टै आरोप पो लगाइन । हेर्नुहोस भिडियोमा:
भिडियो सौजन्य: ई–२४ टेलिभिजन
यसरी सार्वजनिक कार्यक्रममा फोटो खिच्दा नै अवरोध हुन्छ भने त्यो त प्रेस स्वतन्त्रता विरोधी कुरो हो । तर उनीहरुको व्यक्तिगत कारण हो भने हामी के जान्नु तर फेरि सार्वजनिक कार्यक्रममा त्यस्तो पनि त गर्न मिल्छ र ? एउटा हिरोइन सामान्य फोटो खिचेको कारणमात्र रिसाउनु पर्ने कारण त छैन होला ।
तर अनुपको अनुमानमा भने फिल्मीखबरमा उनले लेख्ने गरेका गसिप समाचारहरुप्रति भने उनको पहिलेदेखिको रिस हुनसक्छ रे ।
निरक पौडेलसँगको अफेयर, प्रियङ्का कार्कीको बर्थ डे पार्टीमा निशाले केक गालामा दलेको आदी बारे पो यसो हुन गयो कि भन्ने उनको अनुमान छ । तर यसो गर्दा कसलाई घाटा हुन जान्छ यो कुरो चाँही निशाले बुझ्न आवश्यक छ ।
Comments