काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजिनामा दिएका छन् । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उनले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाएका हुन् ।
तेह्र महिना पहिले उनी दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त भएका थिए । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजिनामा दिएको उनले बताएका छन् । उनको राजिनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।