चितवन १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको ‘लाईफ लाईन’ सडकको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन दिएका छन् ।

बुधबार उक्त सडकको स्थलगन अनुगमन गर्दै प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने बताए । ‘यो सडक मुलुकको लाईफ लाईन हो’ प्रधानमन्त्रीले आयोजना पुमुख र ठकेदारहरुलाई निर्देशन दिदै भने, ‘तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस् ।’
प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको पनि बताए  । ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्,’ प्रधानमन्त्रीले भने, ‘म तुरुन्त त्यो समस्या समाधान गर्छु ।’
प्रधानमन्त्रीले निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि आफुले छलफल गरेर समाधान गर्ने पनि बताए  । प्रधानमन्त्रीले मुग्लिन–नारायणगण सडक खण्डको आधाभन्दा बढि २० किलोमिटर अवलोकन पनि गरेका थिए  ।

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुले तत्काल काम अघि बढाएर दशैसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।