बढ्यो पेट्रोल डिजेलसँगै खाना पकाउने ग्यासको भाउ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यसँगै खाना पकाउने ग्यासमा प्रतिसिलेण्डर २५ रुपैयाँले बृद्धि गरेको छ । निगमले आज राती १२ बजे लागु हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बृद्धि गरी १ हजार ४ सय ५० रुपैयाँ मुल्य कायम गरेको छ ।

यसैगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई ईन्धनमा प्रतिलिटर २ रुपैयाले बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार निगमलाई ईण्डियन आलय कर्पाेरेशनबाट पठाएको नयाँ मुल्य बढेर आएको हुँदा पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँले बढाएको निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ बढाउँदा आज राती १२ बजेपछि पेट्रोलमा प्रतिलिटर १३० रुपैयाँ भएको छ भने डिजेलको प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ ।

यसैगरी मट्टितेलको मुल्य ८६ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरीकी डलर १६ ले बृद्धि भई नयाँ विक्री मुल्य अमेरीकी डलर ७७० प्रतिकिलोलिटर कायम गरेको छ । निगमका प्रवक्ता विनितमणि उपध्यायले मुल्य समायोजन गरेपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ४२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र एलपि ग्यासमा प्रतिसिलिण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।