पाँचथर, १८ साउन । यसअघि मतदाता परिचयपत्र बनाउन छुटेकाहरु मोसफलमा फोटोसहितको परिचयपत्र बनाउन उत्सुकताका साथ सहभागी बनेका छन् ।
 विभिन्न जिल्लाहरुमा परिचयपत्र बनाउनेको भिड नै लागने गरेको छ । पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ । 
अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २०० जनाको परिचयपत्र बनाइएका छन् । यस्तै, २०० जनाको नाम सच्याइएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिचयपत्र बनाउने र नाम सच्याउन थालिएको हो । 
अब साउन मसान्तसम्म परिचयपत्र बनाउने र सच्याइने जिल्ला निर्वाचन कार्यालय प्रमुख ध्रुव राईले बताए । उनले भने, “जिल्ला निर्वाचन कार्यालय पाँचथरमा मात्र परिचयपत्र बनाउन मतदातालाई असहज भएको हुँदा अब गाउँपालिकामै सहज होस् भन्ने उद्देश्यले गाउँमै परिचयपत्र वितरण गर्न थालेका छौं ।” 
यसअघिको स्थानीय तहको निर्वाचनमा धेरै मतदाता परिचयपत्र नभएकाले आफ्नो मत दिने अधिकारबाट वञ्चित भएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।