ललितपुर । ललितपुरको पुल्चोकस्थित सरकारी जग्गामा रहेको सार्वजनिक सम्पदा फल्चा (पाटी) जोगाउनका लागि स्थानीय सडकमा उत्रिएका छन् । पुल्चोक क्षेत्रका वासिन्दाले सम्य फल्चालगायत फल्चाहरुको निर्माणको माग गर्दै सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । सानो पाइला, आदिवासी नेवाः जागरण अभियान यल र सेभ नेपा भ्यालीको आयोजनामा फल्चा निर्माणमा अवरोध गर्नेको विरोध प्रदर्शन गर्दै फल्चा निर्माण गर्न माग गरिएको छ ।
नेवार समुदायको परम्परागत फल्चाहरु नासिएको तर पुनर्निर्माणमा विभिन्न बहानामा अवरोध भएको भन्दै ललितपुरका बासिन्दाले प्रदर्शन गरेका हुन् । सुरेन्द्र भण्डारी कार्यकारी अधिकृत रहेको लालीगुराँस बहुउद्देश्य सहकारी संस्थाले फल्चा निर्माण हुन लागेको जग्गा दावी गरेर विभिन्न बहाना खोजेर अवरोध सिर्जना गर्दै आएको छ ।
सर्वोच्च अदालतले फल्चा बनाउन बाटो खोलिसकेको अवस्थामा पनि लालिगुराँस सहरकारीको तर्फबाट विभिन्न व्यक्तिलाई लगाएर अदालतमा मुद्दा हाल्ने काम हुँदै आएकोमा पछिल्लो पटक सुरेन्द्र भण्डारी आफैंले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेर फल्चा पुननिर्माणमा अवरोध सिर्जना गरेका छन् । उच्च अदालत र सर्वोच्च अदालतले यसअघि नै फल्चा पुननिर्माण गर्न कुनै बाधा व्यवधान नहुने गरी फैसला गरिसकेको छ ।
सम्बन्धित समाचार
सार्वजनिक जग्गामा लालीगुराँस सहकारीको गिद्दे दृष्टि, ‘फल्चा’लाई हडपेर आफ्नो भवन