काठमाडाैं । यसअघि दुई दिन लगातार बढेर हिजो घटेर कारोबार भएको सुनको भाउ आज पनि घटेको छ । बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेर कारोबार भइरहेको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले गिरावट भएर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ ।