Friday, September 25, 2026
17.1 C
Kathmandu
Home समाचार भीम आचार्यका भाई मृत भेटिए

भीम आचार्यका भाई मृत भेटिए

दाजु भिम आचार्य

काठमाडौं । प्रदेश नम्बर एकको मुख्य मन्त्री बन्न लागेका नेकपा एमालेका सचिव एवं प्रदेश सांसद भीम आचार्यका भाई राम आचार्य मृत अवस्थामा भेटिएका छन्।
सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा आचार्य मृत अवस्थामा भेटिएको र घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम जारी राखेको छ । अनलाइन न्यूजसेभेनले घरभित्र कोठा फोरेर हेर्दा शव फेला परेको समाचार प्रकाशित गरेको छ । आचार्य केही समयदेखि मानसिक समस्यामा रहेको बताइएको छ । घटनास्थलमा एमाले सचिव भिम आचार्य पत्नी समेत पुगिसकेकी छन्।

भिम आचार्य भने आजै मुख्यमन्त्री बन्न लागेका छन् । माधव नेपाल समूहमा रहेका उनी मुख्यमन्त्री बनाउने सहमतिपछि ओली समूहमा लागेका थिए । उनलाई मुख्यमन्त्री बनाउन अहिलेका मुख्यमन्त्री शेरधन राईले राजीनामा समेत दिईसकेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।