काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन् । नेकपा एमालेभित्रको अन्तरसंघर्षमा नेपाल–खनाल समूहमा रहेका आचार्यले पछिल्लो पटक समूह परिवर्तन गर्दै एमालेमा नै बसेपछि मुख्यमन्त्री पद पाएका हुन् ।
उनलाई मुख्यमन्त्री बनाउन शेरधन राईले आजै मात्र पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।