काठमाडौं । काबुल विमानस्थल नजिकै ब्यारोन होटल क्षेत्रमा दोस्रो विष्फोट भएको छ । केही समय अगाडी एक ठूलो विस्फोटपछि सैन्य निकासी जारी रहेकै बेला दोस्रो विष्फोट भएको हो । उक्त आत्मघाती हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको रसियन मिडियाले लेखेका छन् ।
केही समय अघि अफगानिस्तानका लागि फ्रान्सका राजदूतले जरुरी चेतावनी दिएका थिए । आफ्ना नागरिकहरुलाई काबुल एयरपोर्टको ढोकाबाट सुरक्षित रहन भनिएको थियो । राजदूत डेभिड मार्टिनले बिहीबार सबै अफगान साथीहरुलाई ूजरुरीू चेतावनी दिँदै चेतावनी दिँदै दोस्रो विस्फोट हुनसक्ने भन्दै सचेत गराएका थिए ।
अमेरिकाले पनि काबुल विमानस्थल नजिकै विष्फोट भएको पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरुले पहिलो विस्फोट विमानस्थल बाहिर एक आत्मघाती बमवर्षक भएको जनाएका छन् । रसियन मिडिया आरटी डटकमले तालिबानका एक प्रवक्ताले रोयटर्सलाई विष्फोटमा कम्तीमा १३ बालबालिका र तालिबान गार्डको मृत्यु भएको जनाएको छ ।
काबुल अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य विस्फोट हुनुभन्दा पहिले नै अत्याधिक भिडभाडपुर्ण रहेको जनाइएको छ । हजारौं अफगान, अमेरिकी र अन्य व्यक्तिहरु अगस्त ३१ तारिखको समय भन्दा पहिले देश बाहिर सुरक्षित जान खोज्दा विमानस्थल अस्तव्यस्त जस्तै देखिन पुगेको छ ।