एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा भएको दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको ८० पुगेको छ । मृत्यु हुनेमा १३ अमेरीकी सेना पनि मारिएका छन् ।
इस्लामिक आतंकवादीहरुबाट गराईएको यस विस्फोटको तालिवानले निन्दा गरेको छ । घटनामा परि दर्जनौं घाइते भएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरि विस्फोट गराईएको थियो ।

विस्फोटमा केही तालिवान लडाकुहरू पनि घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।