Monday, August 10, 2026
Home मुख्य समाचार माधव नेपाललाई १३ घण्टामा ४५ हजार वटा लाइक, पाँच हजार जनाको हाँसो...

माधव नेपाललाई १३ घण्टामा ४५ हजार वटा लाइक, पाँच हजार जनाको हाँसो रियाक्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका माधव कुमार नेपालले १३ घण्टामा ५३ हजारको रियाक्सन पाएका छन् । नेकपा एमालेबाट विभाजनपछि एकीकृत समाजवादीको प्रमाणपत्र पाएसँगै नेपालले आफ्नो फेसबुकको पेजमा दल दर्ता प्रमाणपत्र लेखेर निर्वाचन आयोगले दिएको प्रमाणपत्रको फोटो सेयर गरेका थिए ।

उक्त फोटोमा १३ घण्टामा ५३ हजारले रियाक्सन गरेका छन् । जसमध्ये ४५ हजारले लाइक गरेका छन् २ हजारले लभ रियाक्ट जनाएका छन् । त्यसो त ५ हजार २ सयले हाँसाको रियाक्ट समेत गरेका छन् ।

उनको उक्त प्रमाणपत्रसहितको पोष्टमा १९ हजारले कमेन्ट गरेका छन् । जसमा अधिकांश बधाई लेखिएको पाइएको छ । ओली समूहका कतिपयले भने आलोचना समेत गरेका छन् । नेपालको उक्त पोष्ट १२ सयले सेयर गरेका छन् । नेपालको फेसबुक पेजमा १ लाख ५८ हजार फ्यान रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।