काठमाडौं २२ भदौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो ।

पराजुली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।