काठमाडौं ४ असाेज । सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६५० रुपैयाँ रहेको थियो । यस दिन चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ५० रुपैयाँ रहेको थियो ।
Comments







