Monday, September 21, 2026
25.1 C
Kathmandu
Home मुख्य समाचार राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, बजेट खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, बजेट खर्च गर्ने बाटो खुल्यो

काठमाडौं ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक बिहीबार प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट आजै पारित भइ पेस भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नाराबाजी र अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेको थियो। प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्नेछ। अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।