काठमाडौं ११ असोज । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। सरकारले आजदेखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टरसमेत थप गरिएको छ। गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ। अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ।
दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो। ती काउन्टरहरुमा कम्प्यूटर प्रणालीका माध्यमबाट यात्रुलाई बसको टिकट प्रदान गर्ने व्यववस्था गरिएको यातायात व्यवसायीहरुले जनाएका छन् ।



