सुनको मूल्य निरन्तर तेश्रो दिन घटेको छ । असोज १४ गते, बिहीबार सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि गिरावट भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच हुँदैछ । बुधबार भने चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार १५५ रुपैयाँ कायम भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।