काठमाडौं १४ असोज । अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्ट वाच खरिद गर्दा काम नै नलाग्ने डल्लो जस्तो अर्कै सामग्री भिडाइएका लेखक तथा साहित्यकार रमेश सायनको उक्त सामग्री फिर्ता प्रक्रिया अघि बढाएको दराजले जनाएको छ ।
हेलोखबरमा यस सम्बन्धी समाचार प्रकाशन भएपछि दराजले ग्राहकलाई यस अर्डर सम्बन्धी सम्पर्क गर्न सफल भइसकेको र उहाँ (रमेश सायन) ले रिटर्न प्रक्रिया अघि बढाएको जनाउँदै प्रक्रिया छिट्टै पूरा गर्न आवश्यक कार्य भइरहेको जनाएको छ । दराजले ग्राहकको अनुभव सम्बन्धी ध्यान आकर्षण गरिदिएको धन्यवाद ज्ञापन गरेको छ भने आगामी दिनमा सुधार ल्याउने जनाएको छ ।
सर्वसाधरणले भने दराज आफ्नो कमजोरी हुँदा पनि माफी नमागेको र गल्ती गर्नेलाई कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । अतित ट्विटर नाम गरेका एक व्यक्तिले दराजलाई प्रश्न गरेका छन्, ‘माफी माग्न पर्दैन, उक्त पसललाई कार्वाही हुदैन ? ग्राहकलाई क्षतिपूर्ति खै ? लुट्नै र कमिसनले नै आनन्द होला हैन्त ।’
सम्बन्धित समाचार
दराजबाट ठगिए कवि, स्माटवाच किन्दा काम नै नलाग्ने डल्लो