दराजबाट ठगिए कवि, स्माटवाच किन्दा काम नै नलाग्ने डल्लो

काठमाडौं १३ असोज । अनलाइन सपिङ कम्पनी ‘दराज’ ले एक जना कविलाई समेत ठगि गरेको खुल्न आएको छ । दराजले उपभोक्ता ठगी गरेका धेरै समाचाहरु बाहिर आउने गरेकोमा पछिल्लो पटक पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक तथा साहित्यकार रमेश सायन पछि दराजबाट ठगिएका हुन् ।

कवि सायनले सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो तथा स्टाटस पोष्ट गर्दै आफू ठगिएको जनाएका छन् । “मैले दराजबाट एउटा स्मार्ट वाच मगाको थिएँ, म बस्ने होटल –बुटवल) मै त्यो स्मार्ट वाचको पाकेट आइपुग्यो । डेलीभरी ब्वाईले मेरो निर्देशनबमोजिम नै म बस्ने होटलमा ल्याएर समान छोडिदिएको रहेछ । होटल साहुले उहाँ (डेलीभरी ब्वाई) लाई पैसा दिएर मेरो कुरिएर रिसिभ गर्दिनुभएछ”, उनले खोलिसकेको प्याकेट देखाउदै भनेका छन् ।

भिडियोमा अगाडी प्यान बिल र स्क्याच गर्न मिल्ने बिल देखाएपश्चात उनले स्मार्ट वाच देखाए, जुन वास्तवमा स्मार्ट वाच थिएन । अरू नै केही वस्तु थियो । यसप्रकार स्मार्ट वाच भनेर अरु नै वस्तु आफूलाई थमाएपश्चात आफू ठगीएको उनले बताए । यस अघि पनि पटकपटक उक्त शपिङ पोर्टलमार्फत उपभोक्ता ठगिएको गुनासो आउने गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।