भिम रावललाई ठेगान लगाउँदै ओली, एमाले छाड्ने तयारीमा रावल

काठमाडौं ७ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाटी उपाध्यक्ष भिम रावललाई ठेगान लगाउन थालेका छन् । बरिष्ठ नेता माधव कुमार नेपालसँग संघर्षका समयमा रावलले नेपाललाई साथ दिएका थिए ।

ओलीको आश्वानपछि नेपालले पाटी विभाजन गर्दा भने रावल पुनः ओलीतिर लागेका थिए । ओली–नेपाल संघर्षका बेला आफूलाई धोका दिएको रिस साधेर ओलीले अहिले भने भिम रावललाई ठेगान लगाउने नीति लिएका हुन् ।

ओलीले भिम रावल लगायत नेतालाई आफू तिर तान्न १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, जब पाटी विभाजन भयो त्यसपछि भने ओलीले १० बुँदे कार्यान्वयन गर्न तत्परता देखाएनन् । बिचमा रहेका नेताहरुले दबाब दिएपछि ओलीले १० बुँदे कार्यान्वयनको जिम्मा उनै रावललाई दिएर संयोजक बनाए । संयोजक बनाए पनि रावललाई कुनै अधिकार नदिएपछि रावलले संयोजकबाट राजीनामा दिएका छन् ।

ओलीको निरन्तरको पेलाईपछि रावल एमालेमा बस्न नसक्ने स्थितिमा पुगेको स्रोतले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।