Tuesday, September 22, 2026
22.1 C
Kathmandu
Home मुख्य समाचार ओलीले थुपारेका थिए थाइल्याण्ड र इटलीका अर्बौका महंगा सामाग्री, देखेर देउवा र...

ओलीले थुपारेका थिए थाइल्याण्ड र इटलीका अर्बौका महंगा सामाग्री, देखेर देउवा र प्रचण्ड चकित

काठमाडौं १२ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा विदेशी महंगा सामग्री भित्र्याएको रहस्य खुलेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले थाइल्याण्ड र इटली लगायतका देशबाट महंगा सामान भित्र्याएको देखेर प्रधानमन्त्री शेरबहादुर देउवा र आफू छक्क परेको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफुले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महंगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको बताएका हुन् ।

‘केपी ओलीले बालुवाटारमा इटली र थाइल्याण्डका महंगा सामान ल्याएर थुपारेका रहेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र म छक्क नै पर्यौ ती सामान देखेर’, प्रचण्डले भने, ‘अर्बौका महंगा सामान ल्याएर थुपार्ने ओलीलाई जनताले चिन्नुपर्‍यो ।’

ओलीले आफुले बालुवाटार छोड्नु नै पर्दैन भन्ने सोचेर त्यस्ता महंगा सामान थुपारेको भन्दै उनले राजकीय सान देखाएको समेत बताए । ‘उनलाई त म राजा नै भएँ भन्ने लागेको रहेछ’, प्रचण्डको भनाइ छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।