शुक्रबार नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ । गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यसो त अघिल्लो बुधबार पनि सुनको भाउ ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।