काठमाडौँ, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाउने विश्वास दिलाएकी छिन् । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उनले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिइन् ।

गोदावरी नगरपालिका वडा नं १२ ठेचो र काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको संयुक्त सहकार्यमा आज आयोजनता गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “आफूहरु जनतालाई साथमा लिएर विकास निर्माण कार्यलाई अगाडि बढाउन प्रतिवद्ध छौँ ।” उनले स्वास्थ, शिक्षा एवं पूर्वाधारका विकासका लागि सरकार जनताप्रति प्रतिवद्ध रहेको बताउँदै भनिन्, “जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ ।”

मन्त्री भुसालले जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढ्ने विश्वास दिलाउँदै उनले भनिन्, “सातदोबाटो–चापागाउँ सडकको स्तरोउन्नती गर्दा जनताको इन्छाअनुसार नै गरेको हौँ ।” मन्त्री भुसालले प्रभावित जनतालाई सहमत गराएरमात्र विकास निर्माण अगाडि बढाउने पक्षामा आफूहरू रहेको स्पष्ट पारिन् ।

ललितपुर जिल्लामा स्वास्थ्य र शिक्षामा अग्रपङ्तीमा रहेको उल्लेख उनले गर्दै धनीवर्गका लागि महङ्गा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताइन् । कार्यक्रममा बागमति प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य, शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताइन् । गोदावरीको वडा नं १२ स्थित लिटिलस्टार स्कूल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले काठमाडौँ मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।