बारमा तमासा: वकिलबिच कुटाकुट

काठमाडौं १२ कात्तिक । नेपाल बार एशोसिएसन परिसरमा वकिलबिच तमासा देखिएकाे छ । त्यहाँ दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको हाे । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।