Wednesday, September 23, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार आजको मौसम: प्रदेश १‚ बागमती र गण्डकीका केही ठाउँमा वर्षा !

आजको मौसम: प्रदेश १‚ बागमती र गण्डकीका केही ठाउँमा वर्षा !

काठमाडौं १४ कात्तिक । जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

आइतबार बिहान पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। मौसमविद् राजु प्रधानाङ्का अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।