गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।