सिन्धुली २३ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई अतिथि बनाउने भएपछि सिन्धुलीमा तनाव सिर्जना भएको छ । उनको विरोधमा स्थानीय सडकमा उत्रिएका छन् भने प्रशासनले सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।
पोखरेललाई प्रमुख अतिथि बनाएर बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागी गराइने तयारी गरेपछि स्थानियबासीले विरोध गरेका हुन् । कमलामाई नगरपालिकाले पोखरेललाई शालिक अनावरण र विजयोत्सवमा प्रमुख अतिथि बनाएर बोलाएको थियो । तर, स्थानियबासीले मंगलबारदेखि नै नगरपालिकामा तालाबन्दी गरेका छन् ।
मंगलबार नै सिन्धुली आइपुगेका पोखरेल यतिबेला सुरक्षाकर्मीको घेरामा रहेका छन् । सिन्धुलीको लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानियबासीले पार्कलाई घेरेर राखेका छन् । यता विहानदेखि नै एमाले कार्यकर्ताहरु ठूलो संख्यामा जम्मा भएर पोखरेललाई सहभागी गराउन जबरजस्ती गरिरहेका छन् । विहान ९ बजे नै शालिक अनावरण गर्ने कार्यक्रम भएपनि स्थानिबासीको विरोधका कारण हालसम्म शुरु भएको छैन ।