सुनको मूल्य बढ्यो, आजको मूल्यसहित

काठमाडौं २४ कात्तिक । बुधबार सुनको मूल्य बढेको र चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।