प्रहरीको घेरा तोडेर सर्वोच्चको गेटमा कानुन व्यसायीको धर्ना र नाराबाजी

काठमाडौं २८ कात्तिक । प्रहरीको घेरा तोड्दै आज पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतमा धर्ना दिन सुरु गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन पुगेका हुन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च परिसरमै पुगेका छन ।

शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।